+
+

नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १९:२४

२७ भदौ, काठमाडौं । श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता बनेर साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले हरायो । नेपाललाई जिताउन अमिसा कार्कीले २ गोल गरिन् । यस्तै रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक एक गोल गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १० ‌औं मिनेटमा हिरा कुमारी भुजेलको क्रसमा घिसिङले हेडिङ गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

त्यसको एक मिनेटमै  दायाँबाट आएको क्रसमा सरु लिम्बुको आकर्षक हेडिङ मार्फत गोल गरिन् । अनिता बस्नेतको कर्नरमा अमृता जैशीले १७ औं मिनेटमा हेडिङ गोल नै गरेर ३-० को अग्रता बनाइन् । ४० औं मिनेटमा अनिता केसीको प्रहारलाई भने लाइन्स म्यानले अफ साइड दिए ।

खेलको पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले गोल गरेपछि नेपाल पहिलो हाफमा ४-० ले अघि भएको थियो ।

७५ ‌औं मिनेटमा गोल गरेकी अमिसा कार्कीले दोश्रो हाफको इन्जुरी समयमा अर्को गोल थपिन् र खेल नेपालले ६-० ले जित्यो ।

नेपाल समूह विजेता बनेपछि यो समूहबाट भूटान उपविजेता बनेको छ । समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइलनम पुगिसकेका छन् । भारत र बंगलादेशबीच हुने समूह चरणको खेलको नजितापछि मात्र नेपाल र भुटानका सेमिफाइनलका प्रतिद्वन्द्वी टिमको टुंगो लाग्ने छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?