+
+

साफ महिला च्याम्पियनसिप : भारतविरुद्ध नेपालको गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १८:२३

३१ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध अग्रता लिएको छ ।

रश्मी कुमारी घिसिङले पहिलो हाफको अन्त्यतिर गोल गरेपछि नेपालले १-० को अग्रता बनाएको हो ।

प्रिति राईले दिएको पासमा रश्मीले बक्स भित्रबाट बल कन्ट्रोल गर्दै उत्कृष्ट फिनिसिङ गरिन् । पहिलो हाफमा भारतले नेपालमाथि लगातार दबाब बनाएको थियो तर फिनिसिङ गर्न सकेन ।

प्रिति राईले ३३ औं मिनेटमा बक्स बाहिरबाट हानेको भलि प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?