
३ असोज, भक्तपुर । आगामी मंसिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा भक्तपुरमा मतदाताको सङ्ख्या एक लाख ९४ हजार चार सय ३९ जना पुगेको छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नदेन्द्रप्रसाद न्यौपानेले भक्तपुरमा पुरुष मतदाता ९४ हजार छ सय ८३ र महिला मतदाता ९९ हजार सात सय ५१ तथा अन्य पाँच गरी कूल एक लाख ९४ हजार चार सय ३९ जना मतदाता पुगेको बताए ।
भक्तपुरमा पुरुषभन्दा पाँच हजार ६८ जना महिला मतदाताको सङ्ख्या बढी रहेको उनले जानकारी दिए ।
कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीले निर्वाचनका लागि ७६ मतदानस्थल र दुई सय २२ मतदान केन्द्र निर्धारण गरेको जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गत असार १ गतेदेखि साउन १९ गतेसम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका क्रममा १५ हजार नयाँ मतदाता थपिएको उनले जानकारी दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4