+
+

सामूहिक बलात्कारमा दोषी ठहर भएका अर्जुन १४ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १७:४५

४ असोज, काठमाडौं । सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर भएका अर्जुन कार्की पक्राउ परका छन् ।

नुवाकोट पञ्चकन्या गाउँपालिका-३ का ४३ वर्षीय कार्कीलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी २०६४ पुस ५ गते साँझ नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष र सामूहिक करणी मुद्दामा थप ५ वर्ष कैद सजाय सुनाएको थियो ।

कार्की भने फरार थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-३ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालत, नुवाकोटले कैद भुक्तानको लागि कारागार कार्यालय नुवाकोट पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?