+
+

रेड हट फर्ममा रहेका पाँच स्ट्राइकर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १३:१३

५ असोज, काठमाडौं । घातक, सही, प्रभावशाली । उनीहरु पाँच उत्कृष्ट खेलाडी हुन् । उनीहरु गोलको ग्यारेन्टी गर्छन् ।

उनीहरु युरोपको शीर्ष लिगमा आफ्नो सम्बन्धित लिगका लागि प्रति खेल एक गोल वा सोभन्दा बढीको औसतमा गोल गर्छन् ।

ला लिगामा रोबर्ट लेवान्डोस्की र बोर्जा इग्लेसिस, प्रिमियर लिगमा एर्लिङ हालान्ड तथा लिग वानमा नेमार र किलियन एमबाप्पे छन् । जसले यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

बार्सिलोनाको ‘निर्दयी’ नम्बर ९

बार्सिलोनामा लेवान्डोस्कीको सुरुवात शानदार रह्यो । नयाँ टोली तर उस्तै प्रदर्शन । यी ३४ वर्षीय पोलिस फरवार्ड अझै पनि रमाइलोको लागि गोल गर्दैछन् । उनी ला लिगामा हाल सर्वाधिक गोलकर्ता हुन् ।

लेवान्डोस्कीले प्रति खेल १.३३ को औसतमा ६ खेलमा ८ गोल गरिसकेका छन् । उनले क्याम्प नोउमा इतिहास रच्दै छन्, ६ खेलमा ८ गोल गरेका छन्, जसमध्ये पछिल्ला पाँच खेलमा लगातार गोल गरेका छन् ।

क्लबका लागि अनुबन्धित भएका हालैका शीर्ष स्ट्राइकरहरू मध्ये कुनै पनि खेलाडीले यो उपलब्धी हासिल गर्न सकेको छैन ।

बोर्जा इग्लेसिस अर्थात ‘पाण्डा’ बोर्जा इग्लेसिस यस सिजन शानदार लयमा छन् । उनलाई पान्डा उपनामाले चिनिन्छ । र उनी ला लिगामा एक मात्र खेलाडी हुन् जसले ‘पिचिची अवार्ड’का लागि लेवान्डोस्कीसँगको लडाईँलाई कायम राख्छन् ।

रियल बेटिसका २९ वर्षीय स्ट्राइकरले ६ खेलमा प्रति खेल एक गोलको दरले ६ गोल गरेका छन् । उनले ३ गोल पेनाल्टीबाट गरेका छन् ।

यसका अतिरिक्त बल टार्गेटमा हुँदा उनी लगभग शतप्रतिशत प्रभावकारी देखिएका छन् । उनले टार्गेटमा ७ सट हान्दा ६ पटक गोल गरेका छन् ।

रोक्न नसकिने हालान्ड

उनको कुनै सीमा छैन जस्तो लाग्छ । प्रिमियर लिगमा हालान्डको संख्या हेर्दा यस संसारबाट बाहिर जस्तो लाग्छ । २२ वर्षीय नर्वेजियनका फरवार्डका लागि प्रिमियर लिगमा कुनै अनुकूलन अवधि आवश्यक परेको छैन ।

जसले सात खेलमै ११ गोल गरेका छन् । उनको गोल औषत आफैमा अविश्वसनीय छ ।

जसमा प्रति खेल १.५७ को दरमा गोल गरेका छन् । यी संख्या अन्य स्ट्राइकरहरूको लागि बिल्कुल अप्राप्य छन् । यसका साथै उनले गोलका लागि असिस्ट पनि गरेका छन् ।

पीएसजीको घातक जोडी मैदान बाहिर

किलियन एम्बाप्पे र नेमारले एक अर्काको आँखामा पनि हेर्दैनन् । तर यसले मैदानमा कुनै समस्या पारेको छैन । नेमारले पीएसजीका लागि लिग वानमा ८ खेलमा ८ गोल गरेका छन् ।

ब्राजिलका यी ३० वर्षीय फरवार्ड नेमारले आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

एमबाप्पेले पनि प्रति खेल एक गोलको औसतले गोल गरिरहेका छन् ।

यद्यपि उनले शारीरिक समस्याका कारण सिजनको पहिलो खेल गुमाएका थिए । जसले गर्दा उनले क्लेमन्ट फुट विरुद्धको खेल खेल्न पाएनन् । त्यस यता उनले हरेक खेल खेलेका छन् र ७ खेलमा ७ गोल गरेका छन् ।

– मार्काबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?