+
+

धोबीघाटको आगलागीमा घाइते ३ जनालाई बर्न अस्पताल लगियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १५:१८
आगलागीस्थल ।

५ असोज, काठमाडौं । ललितपुरको धोविघाटमा रहेको कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार र ४० वर्षिय रामआशिष साह घाइते भएका थिए । अनुहारसमेत जलेका पोदारको अवस्था गम्भिर रहेको छ ।

आगलागीमा जलेका उनीहरुलाई तत्कालै उद्धार गरेर स्टार अस्पताल सानेपामा लगिएको र त्यहाँ प्राथमिक उपचारपछि कीर्तिपुर पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?