+
+

अनशनरत डा. केसी काठमाडौंमा, उपचारका लागि शिक्षण अस्पतालमा लगियो

शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १९:०९

५ असोज, काठमाडौं । स्वास्थ्य सेवा सुधारका माग राखेर धनगढीमा अनशन बसेको १० औं दिन डा. गोविन्द केसी उपचारका लागि काठमाडौं आएका छन् ।

अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं आएका हुन् ।

काठमाडौं आएका उनलाई विमानस्थलबाट सिधै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । सिकिस्त हुँदा पनि अनशन तोड्न नमानेका उनले शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिने बताएका छन् ।

सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भन्दै उनलाई यसअघि नै विशेषज्ञहरु भएको अस्पतालमा लैजान आग्रह गरेको थियो ।

जस अनुसार हिजो (मंगलबार) उनलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी गएको थियो । तर उनले आफू ठिक रहेको भन्दै काठमाडौं नफर्कने अडान लिएका थिए । त्यसपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं आउन तयार भएका हुन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?