+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पुटिनलाई ह्वाइट हाउसको प्रतिक्रिया- आणविक हतियार प्रयोगबारे गैरजिम्मेवार अभिव्यक्ति नदेऊ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते ८:२४

६ असोज, वासिङ्टन । अमेरिकाले पुटिनको आणविक हतियार प्रयोगबारे ‘गैरजिम्मेवार’ भनाइलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको बताएको छ ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने ‘गैरजिम्मेवार’ धम्कीलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एक वरिष्ठ अमेरिकी अधिकारीले बुधबार बताएका छन् ।

उनले भने, ‘आणविक शक्ति राष्ट्रले हतियार प्रयोगबारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु गलत हो ।’

बुधबारको सम्बोधनमा पुटिनले रूसी भूमिको रक्षाका लागि ‘सबै उपलब्ध साधन’ प्रयोग गर्ने बताएपछि ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एबीसीमा गुड मर्निङ अमेरिकासँग भने, ‘उहाँले विगत सात महिनादेखि कसरी कुरा गरिरहनुभएको छ भन्ने कुरा असामान्य होइन र हामी यसलाई निकै गम्भीरताका साथ लिन्छौँ ।’

‘हामी उनीहरूको रणनीतिक मुद्राको सकेसम्म राम्रो निगरानी गरिरहेका छौँ,’ उनले भने, ‘त्यसैले यदि हामीले गर्नुपर्‍यो भने रूसलाई हेर्ने रणनीतिमा परिवर्तन गर्न सक्छौँ । हामीले अहिले नै यसको आवश्यकता छ भन्ने कुनै सङ्केत देखेका छैनौँ ।’ एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?