+
+

लुम्बिनीमा २७४४ मा डेंगु संक्रमण, ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १८:३३

६ असोज, बुटवल । लुम्बिनी प्रदेशमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने दुई हजार ७४४ जना संक्रमित भएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट साउन यता तीनजनाको मृत्यु भएको हो ।

पाल्पाको रिब्दिकोट गाउँपालिका-१ का ख्याहाका ५८ वर्षीय पुरूष, दाङको घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीया महिला र बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट मृत्यु भएको छ ।

प्रदेश निर्देशनालयका अनुसार दाङमा ११ सय ८०, रूपन्देहीमा ७ सय, अर्घाखाँची १३८, गुल्मीमा २९२, पाल्पामा ९८, नवलपरासी पश्चिममा ६२, बाँकेमा ४४, कपिलवस्तुमा ४९, बर्दियामा ८६, प्युठानमा ३६, रूकुम पूर्वमा १६, रोल्पामा ७ र प्युठानमा ३६ जना संक्रमित भेटिएका छन् । डेंगु संक्रमितको मृत्युुदर १ प्रतिशत भन्दा कम रहेको मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिए ।

भदौमा एक्कासी संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक लगायतका अस्पतालमा डेंगु संक्रमितको चाप बढेको उनले बताए ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको प्रवक्ता पौडेलले बताए । गत साउन मसान्तसम्म करिब सय जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए ।

रूपन्देहीमा पहिलो पटक २०६७÷६८ मा २९० जनामा देखिएको डेंगुको संक्रमण २०७६÷७७ मा महामारीकै रूपमा फैलिएर दुई हजार ९३० जनामा देखिएको थियो ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले अझै २ महिनासम्म डेंगुको प्रकोप रहने अनुमान गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?