+
+

बजेट नहुँदा एचआईभी नियन्त्रणको लक्ष्य प्राप्तिमा चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १९:५७

६ असोज, काठमाडौं । एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौती देखिएको तथ्य बाहिर आएको छ ।

बिहीबार काठमाडौंमा स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको संयुक्त आयोजनामा भएको एचआईभी एड्स तथा यौन रोगसँग सम्बन्धित लान्छना तथा भेदभाव न्युनीकरणका लागि गरिएको अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले एचआईभी परीक्षण किट खरिदमा प्रर्याप्त बजेट नहुदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौती देखिएको जानकारी दिएकी हुन् ।

‘७७ जिल्लामा एचआईभी रोकथामका कार्यक्रम नहुँदा, संक्रमितप्रति समाजमा भेदभाव तथा लान्छना यथावत रहेको र सबै गर्भवती प्रसुति, सुत्केरी महिलाहरुको एचआईभी परीक्षणको पहुँचमा आउन सकेका छैनन्’, डा. देवकोटाले भनिन्, ‘एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुदाँ पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौती देखिएको छ ।’

डा. देवकोटाले यसअघि एचआईभी एड्ससँगै हेपाटाइटिस ‘सी’को उपचार हुने गरेकोमा अबदेखि हेपाटाइटिस ‘सी’ को मात्र उपचार हुने बताइन् ।

‘नयाँ एचआईभीका संक्रमण रोकथाम गर्ने, एचआईभी संक्रमित व्यक्तिहरुले स्वास्थ्य सम्बन्धी सुधार ल्याउँने र एचआईभी संक्रमित तथा मुख्य समुहमा एचआईभी सम्बन्धित असमानताहरुमा कमी ल्याउने रहेको लक्ष्य रहेको छ’, डा. देवकोटाले भनिन् ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हाल एचआईभी एड्सका अनुमानित ३० हजार संक्रमित रहेका छन् । पुरुष १६ हजार ४०० रहेका छन् । जुन ५५ प्रतिशत रहेका छन् । भने महिला १३ हजार ६०० रहेका छन् । १४ बर्षमुनिका बालबालिकाहरु १२ सय रहेका छन् । जुन ४ प्रतिशत हो ।

हरेक वर्ष ६८० नयाँ एचआईभी संक्रमित थपिने गरेका राष्ट्रिय केन्द्रकी निर्देशक डा. देवकोटाले जानकारी दिइन् । डा. देवकोटाका अनुसार एचआईभीबाट ५१० जनाको मृत्यु भएको छ ।

कार्यक्रममा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सरकारले रोग नियन्त्रण गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘एचआईभी एड्सको नियन्त्रण गर्न लागि पर्नुहोस् मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुनेछ ।’

त्यसैगरी, कार्यक्रममा इपिक नेपालका राजेश खनालले हामी पहिला कुन समुदायमा एचआईभी संक्रमित छन् त्यो समुदाय खोज्ने गरेको बताए ।

‘एचआईभी नेगेटिभ भएकाहरुमा नेगेटिभ राख्ने विषयमा यस संस्थाले काम गर्दै आएको छ’, खनालले भने, ‘हामीले सातै प्रदेशमा ३७ जिल्लामा रहेका छन् । भने ३८७न गरपालिकामा यो संस्थाले सेवा दिदै आएका छौं ।’

त्यसैगरी, सेभ द चिल्ड्रेन सुजन वन्तले १६ मार्च २०२१ देखि ३१ जुलाई २०२४ सम्ममा एचआईभी संक्रमित उपचारका कार्यक्रम सञ्चालन गरिने बताए । यो संस्थाले मुख्य चार तहमा काम गर्दै आएको समेत जानकारी दिए । वन्तले भने, ‘हामीले २८ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेका छौं, आठ वटा गैरसरकारी संस्थाको सहकार्यमा सञ्चालन गरिरहेका छौं ।’

एएचएफका अजित पौडेलले एआरटी सेवामा आउन सहयोग गर्ने गरेको बताए । पौडेलले यस संस्थाले एआरटी सेवा लिइरहेकालाई औषधी लिने बेला भयो भनेर घरमै गएर बोलाएर दिने गरेको बताए ।

एआरटी सेवा लिन जान आउन समस्या हुनेलाई आर्थिक सहयोग गरेर भएपनि एआरटी सेवाको पहुँचमा लैजाने गरेको समेत उनले जानकारी दिए । पौडेले भने, ‘जोखिम न्युनीकरणका लागि व्यवहार परिवर्तनका लागि शिक्षा दिने काम गइरहेका छौं ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले एचआईभी संक्रमितलाई गरिने विभेद र लान्छना सबै समुदाय मिलेर घटाउन सकिने बताए । डा. सिंहले भने, ‘एक जना मात्र लागेर हुँदैन सबै समुदाय लागेर मात्र यो भेदभाव र लान्छना अन्त्य गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?