+
+

बानेश्वर प्लाजामा भूमिगत पार्किङ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १३:२८

७ असोज, काठमाडौं । बानेश्वर प्लाजामा भूमिगत पार्किङ सुरु भएको छ । यसअघि पसल व्यवसाय चलिरहेको ठाउँमा पार्किङ सुरु भएको हो ।

भूमिगत पार्किङको औपचारिक उद्घाटन गरिएको नयाँ बानेश्वर व्यापार व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार सबै भूमिगत पार्किङहरु सञ्चालनमा आएपछि बानेश्वर चोकमा हाल भइरहेको अव्यवस्थित पार्किङको ८० प्रतिशत समाधान हुने अनुमान गरिएको छ ।

‘यहाँबाट काठमाडौंको भूमिगत पार्किङ खोल्ने कामको सुरुवात भएको थियो,’ उनले भने, ‘सबै भूमिगत पार्किङहरु तोकिएको प्रयोजनमै आए भने बानेश्वरको अव्यवस्थित पार्किङको समस्या धेरै हदसम्म समाधान हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?