+
+

ट्रयाक्टरले किचेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १५:५६

७ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टरले किचेर एक बालकको मृत्यु भएको छ । वीरगञ्ज– २१ ताजपुर बस्ने सञ्जय पासवानको ५ वर्षीय छोरा सुशीलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ना ३ त १४३६ नम्बरको ट्रयाक्टरमा सवार सुशील ट्रयाक्टरबाट सडकमा खसेका थिए । त्यसपछि सोही ट्रयाक्टरको चक्काले किचेर उनी गम्भिर घाइते भए ।

घाइते बालकको उद्धार गरेर उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

घटनापछि ट्रयाक्टर चालक वीरगञ्ज– २१ मै बस्ने २८ वर्षीय सुनिल यादव फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?