+
+

‘संसद्मा स्वार्थ समूह पुग्नुको समाजशास्त्रीय पाटो’

राजनीतिक नेतृत्वले नयाँ पुस्तालाई संस्कारसहित जिम्मेवारी सुम्पनुपथ्र्यो । तर, हामीकहाँ ‘राजनीतिमा छलकपट र धोका सामान्य हो’ भनेर सिकाइन्छ । असल संस्कार हस्तान्तरण नभएपछि समाजमा, संसद्मा स्वार्थ समूह जन्मिन्छन् ।

ममता शर्मा नेपाल, समाजशास्त्री ममता शर्मा नेपाल, समाजशास्त्री
२०७९ असोज १० गते ८:००

नेपाली समाज नियाल्दा मान्छेमा स्वार्थीपना निकै बढेको आभास हुन्छ । मान्छे व्यक्तिकेन्द्रित हुँदै गइरहेको छ । समाजको हितभन्दा आˆनो, परिवारको, आफन्तको हितलाई केन्द्रमा राख्ने प्रवृत्ति संस्कारकै रूपमा विकास हुँदै गएको छ । स्वार्थीभाव हावी भएकै कारणले मानवता पनि हराउँदै गएको देखिन्छ ।

सामाजिक एकीकरण, एकले अर्कालाई राख्ने सद्भाव गौण भएका छन् । यसले समाजमा एक किसिमको अराजकता, अव्यवस्था ल्याउँछ, मान्छेलाई अपराध-उन्मुख पनि बनाउँछ । यो समग्र समाजको प्रवृत्ति बनेको छ, यही नै वर्तमान यथार्थ हो । राज्य संचालन, विधिनिर्माण, न्याय निरुपणमा पनि यही संस्कार प्रकट हुन थालेको महसुस हुन्छ ।

अन्तर्राष्ट्रिय चासो, प्रभाव र ठूला मुलुकहरूको स्वार्थ हेर्न अन्यत्र जानुपर्दैन । समाजका अगुवाहरू, राजनीतिक दलका नेताहरूको व्यवहार हेर्ने हो भने अन्तर्राष्ट्रिय समूहको प्रभाव र उनीहरूको स्वार्थ थाहा पाउन सकिन्छ ।

अन्तर्राष्ट्रिय समुदायले सुझाउने कुरालाई अन्यथा लिन मिलेन । कतिपय सन्दर्भमा विकास र प्रविधिको कुरामा नेपालले सिक्नैपर्ने स्थिति छ । आर्थिक समृद्धिका लागि विदेशका मोडेलहरू हामीले हेर्न सक्छौं । सुशासन, पारदर्शिता र लोकतान्त्रिक अभ्यासका लागि पनि अन्तर्राष्ट्रिय अनुभव लिन सक्छौं ।

तर, नेपालको सन्दर्भमा गरिने निर्णयहरू त नेपालको राष्ट्रहितमा हुनुपर्छ । नेपालको हितभन्दा ठूलो अरू केही हुन सक्दैन र हुनु पनि हुँदैन । यस्ता विषय र तर्कलाई सिद्धान्त भनिदिएर व्यवहार अर्कै गरिदिने, राष्ट्रको सर्वोपरि हितभन्दा व्यक्ति, स्वार्थ समूह र आˆनो हित हेरेर निर्णय लिने गरेको देखिन्छ ।

नेपालको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय स्तरबाट के-कस्तो हस्तक्षेप भइरहेको छ भन्ने प्रश्नको जवाफ खोज्ने हो भने नेपालमा स्वार्थ समूह कसरी र कहाँ, कुन रूपमा घुसेको छ, कसरी नेपाललाई आˆनो स्वार्थ अनुकूल हिंडाउन लोभ, लालच देखाएर पासो थापिएको छ भन्ने गहिराइ भेट्टाउन सकिन्छ ।

समस्या यहीं छ । केही व्यक्तिका निम्ति, सीमित व्यक्तिको लाभका निम्ति राष्ट्रको स्वाधीनता गौण बन्न पुगेको छ । अझ स्वार्थ समूहबाट प्रभावित भएर कुनै सीमित व्यक्ति, नेता वा व्यापारीको हित हुने किसिमले निर्णय भइराखेका छन् ।

ठूला र विकसित देशहरू जो सारा विश्वको नेतृत्वका लागि लम्किरहेका छन्, नेतृत्व गरिरहेका छन् उनीहरू रणनीतिक योजनाका साथ अगाडि बढिरहेका हुन्छन्, छन् । आˆनो रणनीति अनुसार अन्य मुलुकलाई आˆनो विश्वासमा लिएर पक्षमा पार्ने प्रयास गरिरहेका हुन्छन् ।

उनीहरूको ठाउँबाट यो गलत काम होइन । तर, हामीले हाम्रो राष्ट्रको आवश्यकतालाई ख्याल गर्ने हो । बाहृय हस्तक्षेप र प्रभाव विधिनिर्माण प्रक्रियाबाटै आउन सक्छन् । नेपाल विकासमा पछाडि परेको देश हो । यसले आˆनै अध्ययनबाट मात्रै कुनै निचोड दिन सक्दैन । यसो भनेर बाहृय मुलुकले नेपालीलाई ज्ञान, क्षमता र विज्ञान प्रविधिको आविष्कारका दृष्टिले कमजोर ठानेर सोही अनुसार प्रलोभनमा पारेर स्वार्थ घुसाउन खोज्दछन् ।

नेताहरूबाट के सिक्ने भन्ने भइराखेको छ । राजनीतिक दलहरूमा पनि भिजन भएका नेताहरू छन् । तर, त्यस्ता नेताहरू अगाडि आउनै सक्दैनन् । स्वार्थ समूहले स्वार्थी पात्रलाई नै अगाडि सार्दो रहेछ । यही कुरा विधि निर्माणमा पनि परेको हो

पछिल्लो समय सन्धि, अभिसन्धिहरूमा हस्ताक्षर गर्ने/गराउने प्रवृत्ति छ । विकसित देशले यस्ता सन्धि, अभिसन्धिहरूको माध्यमबाट समेत साना र गरिब मुलुकहरूमा प्रभाव विस्तार गरिरहेका देखिन्छन् । यस्तोमा स्वयम् नेपालले ख्याल गर्नुपर्ने हुन्छ । सुरुमा आयोजना बनाउँदा, योजना तर्जुमा गर्दा दीर्घकालीन सोच लिनुपर्छ । जो नेपालको सन्दर्भमा विरलै पाइन्छ । दीर्घकालीन सोच देशलाई, समाजलाई हित होस् भनेर लिनुपर्ने हो । तर, तत्काललाई मात्रै सोचेर योजना/आयोजनामा संलग्न हुँदा व्यक्तिको फाइदा हेर्ने प्रवृत्ति मौलाएको छ ।

स्वार्थी वातावरणमा स्वार्थ समूह

नेपाली समाजमा एकदमै विचलन देखिन्छ । पूँजीवादले जन्माएको उपज पनि हो यो । र यो नै स्वार्थ समूह जन्मिने र हुर्कने अनुकूल वातावरण पनि हो । मान्छेमा लोभ बढ्दै गएको छ । पैसा र सम्पत्ति जम्मा गर्ने, आफूलाई पुगेर मात्रै भएन भावी पुस्तालाई पनि जोडिदिनुपर्ने मनोविज्ञानले मानवता हराएको छ, राष्ट्रको हित गौण हुनपुगेको छ ।

विगतमा परिवार मिलेर बस्दथे, एकले अर्कोलाई सहयोग गर्दथे । अहिले परिवारभित्रै कलह छ । संयुक्त परिवारबाट एकल परिवारमा केन्द्रित हुनुका पछाडि सकारात्मक पक्षहरू पनि छन् । तर, एकल परिवारको अवधारणाले दाजुभाइ, दिदीबहिनीकै बीचमा एकले अर्कोको हित नचिताउने प्रवृत्ति पनि मौलाउँदो छ । यस्तोमा समाज र राष्ट्रको हित हेरिंदो रहेनछ ।

उस्तै प्रवृत्ति राजनीतिक दलहरूमा पनि छ । पार्टीहरूमा हेर्दा एकले अर्कोलाई पछि पार्ने प्रतिस्पर्धा छ । आफू मात्रै अगाडि जाने प्रवृत्ति छ । यही भएर सबैजसो पार्टीमा गुट, उपगुट देखिन्छन् । समाज र समग्र मुलुकको हित हेर्ने विषय यहाँ बहसमै आउँदैनन् ।

यसकारण निचोड उही निस्कन्छ- स्वार्थ समूह हावी । यसको कारण हो मानवता हराउनु । विकास र समृद्धिमा मुलुकले आवश्यक फड्को मार्न नसक्नु । गरिबीलाई देखाएर सहयोगका नाममा आˆनो कित्तामा उभ्याउने प्रयास शक्ति राष्ट्रहरूबाट हुनु । यो पूँजीवादको उपज त हुँदै हो, यसले स्वार्थी समूह जन्माउँछ । जसले गरिबी, अशिक्षा र पछौटेपन अझ बढ्छ ।

राजनीतिमै समस्या

फेरि पनि मुलुकलाई सार्वभौम मुलुकको रूपमा अगाडि बढाइराख्ने भूमिका निर्वाह गर्ने काम राजनीतिक दलहरूकै हो । राजनीतिक दलहरूका माध्यमबाट मुलुकको नेतृत्व भइराखेको हुन्छ । दलका प्रतिनिधिहरू नै चुनावमा जान्छन् र जितेर राज्यका अंगहरूको नेतृत्व गर्न पुग्दछन् । यसकारण जिम्मेवार हुनुपर्ने राजनीतिक दलहरू नै हुन् ।

तर, दलहरूकै चरित्र द्वैध हुनु गम्भीर समस्या हो । चुनाव आउँदा बेस्सरी राष्ट्रियताको नारा लगाउने प्रचलन छ । ठूला-ठूला चुनावी घोषणा हुन्छन् तर, गर्छु भनेको काम गर्दैनन् । राजनीतिक पार्टीहरूले नै मुलुकको समग्र हितलाई केन्ऽमा राख्न नसक्दा समस्या भएको हो ।

पार्टीभित्रै पनि स्वार्थ समूह हावी हुँदा छिन्नभिन्न भएका उदाहरण छन् । ठूला दुई कम्युनिस्ट पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्नु, ऊ अन्तर कलहमा फस्नु र विघटनको स्थितिमा पुग्नुको पछाडि स्वार्थ समूहकै चलखेल छ । नेकपा विभाजन भएर नेकपा एमाले ब्युँतिएपछि फेरि पनि स्वार्थ समूहका बीचमा टकराव भयो र अर्को पार्टी जन्मियो ।

यही उदाहरणले नै पुष्टि गर्न सक्ला या नसक्ला तर, नेपालका राजनीतिक पार्टीले जनताको नेता जन्माइरहेका छैनन्, नेता त स्वार्थ समूहले जन्माइरहेको छ । पार्टी र नेता नै स्वार्थ समूहको कारणले नेतृत्वमा छन् भने उनीहरूले देश र समाजको हित सोच्छन् भनेर विश्वास गर्न गाह्रो हुन्छ ।

स्वार्थ नभएका इमानदार नेताहरू हुँदै नभएका हैनन् छन्, तर धेरै कम छन् । स्वार्थी नेताहरू धेरै भएकै कारण राजनीति पनि भऽगोल छ । यही कुरा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकामा प्रकट भइराखेको देखिन्छ । पछिल्लो समय न्यायपालिकालाई हेर्ने हो भने आम मानिसलाई लज्जाबोध हुन्छ । हामी कहाँ छौं, हामी कहाँबाट चलिरहेका छौं, हामी को हौं भन्ने विषय उदांगो भइराखेको छ ।

विदेशी स्वार्थ समूहबाट मुलुकलाई मुक्त बनाउन, कुनै व्यापारिक घरानाको स्वार्थ छाडेर समग्र मुलुकको हितमा केन्ऽित हुन अर्थात्, नेपाललाई नेपालकै स्वार्थमा अगाडि बढाउन नैतिक शिक्षाको आवश्यकता पर्दछ । अहिले शैक्षिक पाठ्यक्रममा नैतिक शिक्षा छैन । नैतिक शिक्षाले मान्छेको चरित्र निर्माण गर्छ । मान्छेले आˆनो चरित्र निर्माण गर्ने शिक्षा नै पाइराखेको छैन । मान्छे कस्तो बन्ने भन्ने आधार हो नैतिक शिक्षा । अहिले यो आधार नै छैन ।

साथसाथै, राजनीतिक नेतृत्वले नयाँ पुस्तालाई जिम्मेवारी र नेतृत्व सुम्पँदा राजनीतिक संस्कार पनि सुम्पनुपर्छ जसले नेपालको हित हुन्छ । तर हामीकहाँ कसरी हुन्छ छलकपट गरेर अगाडि बढ्ने संस्कार सिकाइन्छ । धोका राजनीतिमा सामान्य हो भन्ने गलत संस्कार सिकाइन्छ । असल संस्कार हस्तान्तरण नभएर पनि यो समस्या भएको हो ।

नेताहरूबाट के सिक्ने भन्ने भइराखेको छ । राजनीतिक दलहरूमा पनि भिजन भएका नेताहरू छन् । तर, त्यस्ता नेताहरू अगाडि आउनै सक्दैनन् । स्वार्थ समूहले स्वार्थी पात्रलाई नै अगाडि सार्दो रहेछ । यही कुरा विधि निर्माणमा पनि परेको हो ।

यसको समाधान खोज्न ठोस पहल आवश्यक छ । नैतिक शिक्षाका साथसाथै विकास र समृद्धिको प्रष्ट खाका बनाएर अगाडि बढ्न सक्नुपर्छ । भ्रष्टाचार नियन्त्रण गरेर जान सक्नुपर्दछ । ज्ञान, विज्ञानको खोज र अनुसन्धानमा लगानी गर्नुपर्छ । इतिहास के हो ? ऐतिहासिक रूपमा हामी कहाँ छौं ? विज्ञान र प्रविधिमा हामी कहाँ छौं भन्ने ख्याल गर्दै यसतर्फ राज्यको नीति केन्द्रित भए स्वार्थ समूह स्वतः निष्क्रिय हुनेछन् ।

(समाजशास्त्री शर्मासँग अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?