+
+

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सोमबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १२:५४

१० असोज, काठमाडौं । सोमबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार झैं सोमबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय र तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?