+
+

घरायसी विवादमा श्रीमानबाटै हत्या

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ असोज १० गते २०:२४

१० असोज, जनकपुरधाम । बाँस झाडीमा मृत फेला परेकी धनुषाको मिथिलाबिहारी नगरपालिका-५ ललियाकी ४५ वर्षीया जीवछी देवीको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ ।

हत्या आरोपमा प्रहरीले श्रीमान रामा  मण्डललाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा श्रीमान् रामाले नै घरायसी विवादमा श्रीमती जीवछी देवीलाई कोदालोले हिर्काएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । प्रहरीले घटनामा प्रयोग भएको कोदालो पनि धानखेतबाट बरामद गरेको छ ।

रामा हाल जीवछीको किरियामा थिए । घटनाको ५ दिनपछि प्रहरीले रामालाई किरिया बसेकै अवस्थामा पक्राउ गरेको हो । उनले घरायसी विवादमा कोदालोको बीट प्रहार गरि हत्या गरेको स्वीकार गरेको र प्रहार गरेको कोदालो समेत उनको बयान अनुसार धानखेतबाट बरामद भएको डिएसपी क्षेत्रीले बताए ।

प्रहरीका अनुसार रामाका दुई छोरा छन् ।  २२ वर्षीय विनय मण्डल र कान्छो छोरा वर्ष २० क संजय मण्डल । कान्छो छोरा सञ्जय हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । जेठो छोरा विनय घरमै छन् । पारिवारिक ऋणको विषयलाई लिएर श्रीमान र श्रीमतीबीच विवाद हुँदै आएको प्रहरीको भनाइ छ ।

घटनाको १०/११ दिन अगाडि मृतकको दुई छोराहरु एक-आपसमा छुट्टिएका थिए । जेठो छोरा एक्लै र कान्छो छोरासँग बुबा र आमा बस्दै आएका थिए ।

४ असोजको विहान ७ बजे जीवछी देवी खेतमा मल छर्न गएकी थिइन् । श्रीमान् रामा घरबाट कोदालो र हसिया लिई भकारी बनाउनको लागि बाँसको टाटी काट्न गएका थिए ।

खेतमै उनीहरुबीच बाँकी ऋण कसरी तिर्ने भन्ने विषयमा कुराकानी भएको प्रहरीको भनाइ छ । त्यसै क्रममा विवाद हुँदा जीवछी देवीले श्रीमान रामालाई अश्लील गाली गलौज गरेको र रामाले आवेशमा कोदालोले टाउकोमा हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरुको भनाइ छ ।

हत्या पश्चात शंका नलागोस भनेर रामाले श्रीमतीले लगाएको चुरा आफैं फुटाएर घटनास्थलमा यत्रतत्र छरेको, कोदालो अर्काको खेतमा फालेर भागेको खुलेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान गर्द‌ैजाँ दा  हत्या गर्न प्रयोग भएको कोदालो घटनास्थलबाट करिब ८० मिटर उत्तर पश्चिमको कुनामा खेतमा फेला परेको  छ । रामामाथि थप अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले बताए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?