+
+

खप्तड–शैलेश्वरी फुटवल प्रतियोगिताको उपाधि कैलालीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते २१:००

१० असोज, डोटी । सुदूरपश्चिम प्रदेशस्तरीय खप्तड–शैलेश्वरी गोल्डकप फुटवल प्रतियोगिता, २०७९ को उपाधी कैलालीले हात पारेका छ ।

शनिबारदेखि डोटी जिल्ला सदरमुकामस्थित टुँडिखेलमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनल खेलमा आयोजक भैरवप्रसाद गणको टिमलाई हराउँदै कैलाली बिजेता बनेको हो ।

कैलालीको टिमले शून्यका विरूद्ध २ गोल हान्दै बिजेता भएको हो । बिजेता भएसंगै कैलालीको टिमले एक लाख रुपैयाँ नगद पाएको छ भने उपविजेता भएको नेपाली सेनाको भैरवप्रसाद गणले ५० हजार रुपैयाँ पाएको छ ।

प्रतियोगितामा ६ वटा टिमको सहभागीता रहेको आयोजक भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए । पहिलो सेमिफाइनलमा डोटीको टिमलाई हराउँदै भैरव गणको टिम फाइनलमा पुगेको थियो भने दोस्रो सेमिफाइनलमा कैलालीले डडेल्धुरालाई हराउँदै फाइनलमा आएको थियो ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, भैरवप्रसाद गण सिलगढी र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सञ्चालन भएको गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि कैलालीका सुरेन्द्र रानाले प्राप्त गरेका छन् । प्रतियोगितामा कैलाली, डोटी, बाजुरा, डडेल्धुरा, उद्योग वाणिज्य संघ डोटी र भैरव प्रसाद गणका टिम सहभागी रहेका थिए ।

दशैं तिहारको अवसरमा प्रदेशस्तरकै खेलाडीहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराउने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थामध्येको एक डोटी अस्पताल विकास समितिका अध्यक्ष धनबहादुर नेपालीले वताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?