+
+

शिक्षामन्त्री पौडेलले गरे सीपीएफमा हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १४:५२

११ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कन्ट्री प्रोग्राम फ्रेमवर्क (सीपीएफ) मा हस्तारक्षर गरेका छन् । अष्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपीएफ) मा हस्तारक्षर गरेका हुन् ।

हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएर्ईए)मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । साथै पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग गर्नेछ ।

सोही अवसरमा शिक्षामन्त्री पौडेलले आइएईएको ६६ औं महासभालाई पनि सम्बोधन गर्दै निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी वा महासन्धीहरुको पक्ष नेपाल हस्ताक्षरकर्ता भएकाले आणविकको शान्तिपूर्ण प्रयोग गनुपर्नेमा नेपाल दृढ रहेको बताए ।

साथै विश्व शान्ति र निशस्त्रीकरणप्रति नेपालको प्रतिवद्धता रहेको बताउँदै मन्त्री पौडेलले आणविक विज्ञान र प्रविधिलाई आईएईएको सुरक्षा ढाँचाभित्र रहेर शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा नेपाल दृढ रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?