+
+

अफगानिस्तानको एजुकेसन सेन्टरमा विस्फोट, १९ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १२:१२

१४ असोज, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो ।

यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन् । बीबीसीका अनुसार हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो । घटनाको कुनै समूहले जिम्मा लिएको छैन ।

तालिबानको गृह मन्त्रालयले घटनाको निन्दा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?