
२२ असोज, घोराही । दाङको लमही–घोराही सडकखण्ड पहिरोले पुनः अवरुद्ध भएको छ । गएराति खुलाइएको सडकमा पुनः पहिरो खसेपछि सवारी आउ-जाउ बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।
गौतमका अनुसार शनिबार बिहानबाटै पहिरो हटाउने काम सुरु भएको छ ।
उक्त सडकखण्डको मुसोटमा शुक्रबार मध्याह्न करिब १२ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक राति १० बजेमात्र खुलाइएको थियो ।
त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ–बुटवल सडक खण्डमा खसेको पहिरो भने हटाइएको छ । शुक्रबार बिहानदेखि पहिरोले अवरुद्ध सडक करिब २४ घण्टापछि खुलेको हो ।
दाङको गढवा गाउँपालिका–१ को धोद्रे र जुरेनीमा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि सयौं सवारी साधन जाममा परेका थिए । पहिरो हटेसँगै ती सवारी साधन गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4