+
+

कांग्रेस महामन्त्री गगन थापा काठमाडौं ४ बाटै चुनाव लड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते ९:३१

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् ।

थापाको नाम काठमाडौं ४ र सर्लाही ४ दुबै स्थानबाट सिफारिस भएको थियो । सर्लाही ४ बाट चुनाव लड्नुपर्ने भन्दै स्थानीय नेताहरुको डेलिगेसन समेत आएको थियो ।

स्रोतका अनुसार टिकट वितरणका क्रममा सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले महामन्त्री थापालाई काठमाडौं ४ वा सर्लाही ४ मध्ये एक रोज्न भनेका थिए ।

महामन्त्री थापाले काठमाडौं ४ नै रोजेका छन् । उनी २०७० को संविधानसभा निर्वाचन र २०७४ को संसदीय निर्वाचनमा यही क्षेत्रबाट चुनिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?