
२३ असोज, चितवन । चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई टिकट दिएको छ । अधिकारी भरतपुर अस्पतालका अध्यक्ष हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु अघि उनले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेललाई राजीनामा बुझाएका हुन् ।
उनी तत्कालीन नेकपा नेतृत्वको सरकारका बेला भरतपुर अस्पतालको अध्यक्ष भएका थिए । अस्पतालमा मेडिकल अफिसरमा रहेर काम गरेका डा. अधिकारी ३ वर्ष विदा स्वीकृत गरेर अध्यक्ष बनेका थिए ।
उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिन्छन् । अघिल्लो निर्वाचनमा चितवन ३ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचित भएका थिए । यसपटकको निर्वाचनमा प्रचण्ड गोरखा २ बाट प्रतिस्पर्धा गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4