+
+

सत्ता गठबन्धनका शीर्ष नेताले काठमाडौंमा प्रशिक्षण दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते ८:४०

३० असोज, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आज काठमाडौंमा प्रशिक्षण दिंदै छन् । काठमाडौंको काडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे प्रशिक्षण कार्यक्रम राखिएको माओवादी केन्द्रका काठमाडौं जिल्ला इञ्चार्ज कुमार पौडेलले जानकारी दिए ।

पूर्वसभामुख एवम् काठमाडौं क्षेत्र नम्बर २ को उम्मेदवारसमेत रहेकी माओवादी नेतृ ओनसरी घर्तीका अनुसार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने छन् ।

प्रशिक्षण कार्यक्रममा सत्ता गठबन्धन आवद्ध दलका नेता तथा कार्यकर्तालाई सहभागी हुन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?