+
+

रामेछापमा रंगेहात पक्राउ परेका इन्जिनियरबाट थप साढे ९ लाख बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १८:२७

२ कात्तिक, काठमाडौं । रामेछापको खानेपानी कार्यालयबाट २८ लाख रुपैयाँ घुस सहित पक्राउ परेका इञ्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ परेका दुवैजनाको खानतलासी लिने क्रममा थप साढे ९ लाख रुपैयाँ फेला पारेको हो ।

‘उहाँहरुको खानतलासी चलिरहेको रहेछ, त्यसक्रममा थप साढे ९ लाख रुपैयाा भेटियो’ अख्तियार स्रोतले भन्यो, ‘थप रकम भेटिन थालेपछि हाम्रो टोलीले उनीहरुको साथमा रहेका झोला र अरु सामानको खानतलासी गरिरहेको छ । काम टुंगिएपछि थप कुरा आउला ।’

खानेपानी तथा सरसफाइ डिभिजन–४ का इञ्जिनियर नवराज सत्याल र करारका प्लम्बर बखतबहादुर थापा बुधबार १६ लाख नगद १२ लाख रुपैयाँको चेकसहित पक्राउ परेका थिए । रामेछापको मन्थलीस्थित इञ्जिनियर सत्यालको सरकारी निवासमा थप खानतलासीको क्रममा रकम बरामद भएको अख्तियारको दावी छ ।

उनीहरुले सेवाग्राहीसँग घुस मागेको सूचना पाएको आधारमा आफ्नो टोलीले निगरानी गरेको र उनीहरुको खानतलासी लिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?