
७ कात्तिक, काठमाडौं । काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योग भएको एक घरमा आगलागी भएको छ ।
सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।
आगलागी भएको घरमा जुत्ता कारखानाका साथै रेष्टुरेन्ट र मोटरसाइकल वर्कसप पनि रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4