+
+

रौतेला चम्किँदा आर्मीविरुद्ध एपीएफको उत्कृष्ट जित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १६:२१

१३ कात्तिक, काठमाडौं । छैटौं प्रधानमन्त्री कपमा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराएको हो ।

जितका लागि २२० रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लब ३२.१ ओभरमा १६३ रनमा अलआउट भएको थियो । १४३ रन बनाउँदा ५ विकेट गुमाएको आर्मीले थप २० रन जोड्दा बाँकी ५ विकेट गुमाएको थियो ।

आर्मीका लागि ओपनर हरि चौहान र रोहित पौडेल बाहेक अरु कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन् ।

चौहानले सर्वाधिक ६५ रन बनाए । उनले ६७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै किशोर महतोको बलमा विकेट किपर आशिफ शेखबाट क्याच भए ।

आर्मीका लागि चौथो क्रमका ब्याटर रोहित पौडेलले ५९ बलमा ५१ रन बनाए । उनले ७ चौका प्रहार गरे । आर्मीका ओपनर ब्याटर अर्जुन साउद कमल सिंह ऐरीको बलमा ६ रनमा बोल्ड भए ।

तेस्रो नम्बरका ब्याटर भीम सार्की पनि समान ६ रनमा क्याच भए । कप्तान विनोद भण्डारी १ रनमै क्याच भए ।

एपीएफका लागि अमर रौतेलाले सर्वाधिक ४ विकेट लिए । कमल सिंह ऐरीलेक ३ विकेट लिए। किशोर महतोले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको एपीएफले ४७.४ ओभरमा २१९ रन बनाउँदै अलआउट भएको थियो ।

एपीएफका लागि ओपनर ब्याटर प्रदिप ऐरीले ७१ रनको पारी खेले । उनले ८० बलमा ४ चौका र ६ छक्का प्रहार गरेका हुन् ।

मध्यक्रमका अर्का ब्याटर सन्दीप जोराले ६२ बलमा ६ चौका सहित ५० रन बनाए । एपीएफका लागि अर्का ओपनर ब्याटर १२ बलमा २ चौका सहित ९ रनमा बिक्रम सोबको बलमा एलबीडब्लू आउट भए ।

तेस्रो क्रमका ब्याटर लोकेश बम शून्यमै क्याच आउट भए ।

त्यसपछि आएका स्पिनर ब्याटर भुवन कार्की ३६ बलमा ४ चौका सहित २६ रनमा क्याच भए ।

कप्तान सरद भेषवाकर १६ रनमा स्पिनर साहब आलमको बलमा बोल्ड भए । कमल सिंह ऐरी ३ रनमा बोल्ड भए भने किशोर महतो १ रनमै एलबीडब्लू भए । अन्तिम ब्याटर मौसम ढकाल १२ रनमा बिक्रम सोबको बलमा हिट ओभर भए । अमर रतौला भने १० रनमा अविजित रहे ।

आर्मीका लागि विक्रम सोबले सर्वाधिक ४ विकेट लिए । साहब आलम र कुशल मल्लले समान २ विकेट लिए । सुसन भारी र जितेन्द्र मुखियाले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?