+
+

गोरखा अस्पतालका चिकित्सकलाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १७:४९

१३ कात्तिक, गोरखा । गोरखा अस्पतालका चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका-९ का २८ वर्षीय समिर कुँवर, १९ वर्षीय अनुप बस्नेत र वडा नम्वर -३ का २६ वर्षीय प्रमोदजंग कुवँर रहेका छन् ।

कात्तिक ६ गते ड्यूटीमा रहेका अस्पतालका मेडिकल अधिकृत अविनास पराजुलीलाई कार्यकक्षमै ढोका थुनेर उनीहरुले कुटपिट गरेका थिए । सोही दिनदेखि फरार रहेका उनीहरुलाई शनिवार पक्राउ गरिएको प्रहरी निरीक्षक सोमदास ढकालले बताए ।

पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उनले जानकारी दिए । चिकित्सकमाथि कुटपिट गरेको बिरोध गर्दै अस्पताल व्यवस्थापन समितिले घटनाको दोषीलाई कडा कारवाही गर्न माग गर्दै आएको थियो ।

कारवाही नभए चरणवद्ध आन्दोलनमा जाने चिकित्सकहरुले घोषणा समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?