+
+

४५ दिनभित्रै अस्तव्यस्त तार नमिलाए विद्युत प्राधिकरणले काटिदिने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते २१:५०

१५ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिरकणले पोलमा अस्तव्यस्त रुपमा टाँगिएका इन्टरनेट र केबल टेलिभिजनको तार व्यवस्थापन गर्न ४५ दिनको समयसीमा दिएको छ । मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रुपमा तानिएका तार र झुन्ड्याइएका उपकरण व्यवस्थापन गर्न भनेको हो ।

यस्ता तारले शहर कुरुप बनाएको, आगलागी लगायतका विद्युतीय दुर्घटना बढेको, विद्युत सेवा प्रवाहमा पनि असर गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आगलागी नियन्त्रण गर्न र विद्युत सेवा भरपर्दो बनाउन भन्दै दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायकहरुलाई प्राधिकरणले मापदण्डअनुसार नै तार व्यवस्थापन गर्न भनेको छ ।

प्राधिकरणले प्राधिरकणले ४०० भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टांग्ने तारबीच ८० सेमीको दुरी हुनुपर्ने बताएको छ । यस्तो तार र पैदलमार्गबीच २.४ मिटरको दुरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ । त्यसैगरी ४०० भोल्टको इन्सुलेटेड तार र अन्य तारबीच ३० सेमीको दुरी र यस्तो पोलमा पैदलमार्गसाग तारको दुरी ५.५ मिटर कायम गर्ने प्राधिकरणले निर्देशन दिएको छ ।

११ केभी र ३३ केभी लाइनमा विद्युतको तार र अन्य तारबीचको दुरी २ मिटर, अन्य ४ सय भोल्टका उपकरण र तारहरुबीचको दुरी ७५ सेमी हुनुपर्ने प्राधिकरणले बताएको छ ।

प्राधिकरणले राउटर, रिपिटर, एक्ट्रयाक्टर, अप्टिकल फाइबर वितरण बक्स, जोइन्ट क्लोजरजस्ता उपकरण पोलको एउटा मात्रै साइडमा क्रम मिलाएर, नहल्लिने, नझर्ने गरी क्लिप ब्यान्डको प्रयोग गरेर राख्न भनेको छ ।

प्रयोगमा नरहेका तार र उपकरण तत्काल पोलबाट हटाउन पनि प्राधिरकणले निर्देशन दिएको छ । पोलमा तारहरु बेरेर नझुन्ड्याउन र आफ्नो तार सजिलै छुट्याउन सक्ने गरी केबल ट्याग र मार्किङ गर्न निर्देशन दिएको छ ।

प्राधिरकणले सम्भव भएसम्म बढी कोर भएको केबल तानेर धेरै सेवाप्रदायकले सेवा दिने व्यवस्था गर्न प्राधिकरणले भनेको छ । तारहरु सडक वारपार नतान्न र तान्किएको भए हटाउन पनि प्राधिकरणले निर्देशन दिएको छ ।

यस्तो सुधरका काम गरेर प्राधिकरणका विद्युत वितरण केन्द्रमा जानकारी गराउन प्राधिकरणले निर्देशन दिएको छ । यदि निर्देशनअनुसार काम नगरे प्राधिरकण आफैंले यस्ता अव्यवस्थित तार हटाउने र त्यसको खर्च समबन्धित सेवा प्रदायकबाटै उठाउने प्राधिकरणले चेतावनी दिएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?