१७ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आउने सिजनमा पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गर्ने भएका छन् । उनले यसअघिका कप्तान मायांक अग्रवाललाई रिप्लेस गर्न लागेका हुन् ।
बुधबार बसेको पञ्जाव टिमको बोर्ड बैठकले धवनलाई कप्तानको रुपमा अप्रुभ गरेको र त्यसलाई मुख्य प्रशिक्षक ट्रेभर बेलिसले समर्थन गरेको इएसपीएनक्रिक इन्फोले जनाएको छ ।
पञ्वाव किंग्सले पनि सामाजिक सञ्जालमा धवन नयाँ कप्तान नियुक्त भएको जनाएको छ ।
गत सिजन पञ्जावले मायांक अग्रवाल र अर्शकदीप सिंहलाई मात्र रिटेन गरेको थियो भने धवनलाई अक्सनबाट अनुभन्ध गरेको थियो ।
३६ वर्षीय धवन आईपीएलको अनुभवी खेलाडीमध्ये पर्छन् । उनले यसअघि डेक्कन चार्जर्स, दिल्ली क्यापिटल्स, मुम्मबई इन्डियन्स, सनराइजर्स हैदरवादबाट खेलिसकेका छन् ।
प्रतिक्रिया 4