+
+

एनएमबि बैंकले लगानी सहज बनाउन यूएसएआईडी ट्रेडसँग गर्‍यो समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १७:२८

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ, जलवायु फाइनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ ।

यस सहकार्य अन्तर्गत बैंकले दीगो रूपमा लघु, साना र मझौला व्यवसायहरुका लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्ध हुन सघाउने बैंकको विश्वास छ ।

बैंकका अनुसार यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो  । जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, पिछडिएका वर्गका लागि दीगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउन, विश्वव्यापी पूँजीकरण एकीकृत गर्न सक्षम बनाउन सघाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?