+
+
टी-२० विश्वकप :

दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १७:५९

१७ कात्तिक, काठमाडाैं । आईसीसी टी–२० विश्वकपको सुपर १२ चरणअन्तर्गत पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ लेविस प्रणालीका आधारमा ३३ रनले पराजित गरेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनल प्रवेश सम्भावनालाई जीवितै राखेको छ ।

सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले दोस्रो जित हासिल गरेको छ । जिम्बाबे र भारतसँग पराजित भएको पाकिस्तानले नेदरल्याण्ड्सलाई हराएको थियो । ४ अंकसहित पाकिस्तान समूहको तेस्रो स्थानमा उक्लिएको छ । उसले अन्तिम खेल बंगलादेशसँग खेल्न बाँकी छ । यो समूहमा भारत ६ अंकसहित शीर्ष र दक्षिण अफ्रिका ५ अंकसहित दोस्रो स्थानमा छन् । सबैले १–१ खेल खेल्न बाँकी छ ।

सिड्नी क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले १८६ रनको लक्ष्य पछ्याउने क्रममा ९ ओभरमा ४ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षाका कारण खेल रोकियो । पानी पर्न सुरु हुनुअघिसम्म दक्षिण अफ्रिका डीएल प्रणालीमा १४ रनले पछि थियो ।

वर्षा रोकिएपछि पुनः सुरु भएको खेल १४ ओभरमा झारियो र दक्षिण अफ्रिकालाई १४२ रनको नयाँ लक्ष्य दिइयो । दक्षिण अफ्रिकाले खेल जित्नका लागि बाँकी ५ ओभरमा ७३ रन बनाउनुपर्ने थियो । तर थप ५ विकेट गुमाएर ।३९ रनमात्र जोड्न सक्यो ।

दक्षिण अफ्रिकाका लागि ओपनर कप्तान तेम्बा बाभुमाले ३६ तथा एडियन माक्रमले २० रन बनाए । बलिङतर्फ पाकिस्तानका शहीन साह अफ्रिदीले ३ तथा शादव खानले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले इफ्तिखर अहमद र शदाब खानको अर्धशतक मद्दतमा ९ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

आक्रमक ब्याटिङ गरेका शदाबले २२ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५२ रन बनाए । इफ्तिखरले ३५ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५१ रन बनाए । मोहम्मद नवाजले २२ बलमा २८ र मोहमम्द ह्यारिसले ११ बलमा २८ रन जोडे ।

४३ रनमै ४ विकेट गुमाएको पाकिस्तानका लागि इप्तिखर र नवाजले ५२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । त्यसपछि इप्ट्टिखरले शदाब खानसँग छैटौं विकेटका लागि ३५ बलमै ८२ रनको साझेदारी गरेका थिए ।

दक्षिण अप्रिकाका लागि एनरिक नोर्कियले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ४१ रन खर्चिए । वायने पार्नेल, कागिसो रबडा, लुंगी एनगिदी र ताबरेज शाम्सीले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?