+
+

एमालेले केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउनेछ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १७:१३

१८ मंसिर, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि परमादेशी सरकार नरहने जिकिर गरेका छन् ।

विकास र समृद्धिको पक्षमा काम गर्दा गर्दै अदालतमा असंवैधानिक मुद्दा हालेर एमालेलाई सरकारबाट हटाइएको बताउँदै ओलीले परमादेशबाट बनेको अहिलेको सरकारलाई जनताले परास्त गर्ने जनाएका हुन् ।

नेकपा एमाले बैतडीले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अगामी निर्वाचनपछि एमालेले फेरी जनआदेशको सरकार बनाउने दाबी गरे ।

‘जनताको पक्षमा काम गरिरहेका बेला अहिले सरकारलाई अदालतमा कीर्ते मुद्दा हालेर, असंवैधानिक मुद्दा लगाएर जनआदेशको सरकारलाई हटाएर परमादेशको सरकार बनाइयो,’ ओलीले भने, ‘तर मंसिर ४ मा जनताले गठबन्धन वाइवाइ एमाले हाइहाइको फैसला गर्नेछन् । त्यसपछि फेरी एमालेले केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउनेछ ।’

प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै उनले विगतमा जनताको पक्षमा काम गर्दा मधु-कैटभ कति उफ्रिएको तर अहिले उनीहरु शेरबहादुर देउवाको पछाडि गइसकेकाले समस्या नरहेको बताए ।

ओलीले एमालेले जितेमा बैतडीको झुलाघाटमा पक्की पुल बनाउने, गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउने, महाकाली करिडोरको कामलाई तिव्रता दिने बताए भने सीमाको रक्षा गर्दै पाँच वर्षमा देशलाई समृद्धिको बाटोमा लैजाने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेज सञ्चालन नहुँदै डडेल्धुरामा मेडिकल कलेज बनाउँछु भनेर झुठो आश्वासन दिइरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?