+
+

शरद र रोशनीको मृत्यु विद्युतीय धरापमा परेर भएको प्रहरीको निष्कर्ष

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ कात्तिक १९ गते १९:१४

१९ कात्तिक, दाङ । दाङ तुलसीपुरको दमार गाउँको जंगलमा मृत भेटिएका शरद आचार्य र रोशनी महतराको मृत्यु विद्युतीय धरापमा परेर भएको प्रहरीले निश्कर्ष निकालेको छ ।

गत असोज ३० गते दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र दंगीशरण गाउँपालिका–६ थपागाउँका–१४ वर्षीय शरद आचार्यको शव जंगलमा एकै ठाउँमा फेला परेको थियो । सुरुमा शव फेला पर्दा हत्या भएको हुन सक्ने प्रहरीको आशंका थियो ।

तीन साता लगाएर गरेको अनुसन्धानले प्रहरी नयाँ तथ्यमा पुगेको हो । घटनाबारे विभिन्न चरणमा पुगेर अनुसन्धान टुंग्याएपछि प्रहरीले शरद–रोशनीको हत्या नभएर विद्युतीय धरापमा परेर मृत्यु भएको निश्कर्ष निकालेको छ ।

प्रहरी स्रोतका अनुसार गाउँका वासिन्दाले बँदेललाई बस्तीमा आउनबाट रोक्न थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेर शरद र रोशनीको मृत्यु भएको थियो । उनीहरुको मृत्युपछि घटनालाई लुकाउन स्थानीय चार जनाले शरद र रोशनीको शव जंगलमा लगेर गाडेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

घटनाबारे प्रहरीले आधिकारिक रुपमा बोलेको छैन । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत असोजको २७ गते शरद र रोशनी रातिदेखि घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कविहीन भएका दुवै जनाको शव तीन दिनपछि जंगलमा एउटै खाडलमा गाडेको अवस्थामा फेला परेको थियो । शव फेला परेको तीन दिनपछि आफन्तले एकै ठाउँमा दुवै जनाको अन्त्येष्टि गरेका थिए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?