+
+

आलिया र रणवीरलाई पुत्रीलाभ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १३:०८
फाइल तस्वीर

काठमाडौं । आलिया भट्ट र रणवीर कपुरले पुत्रीलाभ गरेका छन् । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ ।

आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् । आलियाका बुवा निर्देशक महेश भट्टले आफू हजुरबुबा बनेपछि नयाँ सूर्योदय भएको टिप्पणी गरेका छन् ।

विवाहको केही महिनामै आलिया र रणवीरले आफूहरुले सन्तानलाई स्वागत गर्न लागिरहेको घोषणा गरेका थिए ।

पुत्रीलाभपछि आलिया र रणवीरको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?