+
+

बागलुङमा जनमोर्चाको बिद्रोही समूहको समर्थन एमालेलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १६:५६
दुर्गादेवी घर्ती मगर ।

२१ कात्तिक, बागलुङ । बागलुङमा राष्ट्रिय जनमोर्चाको बिद्रोही समूहले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ ।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा राष्ट्रिय जनमोर्चाबाट बागी उम्मेदवारी दिएकी दुर्गादेवी घर्ती मगरले नेकपा एमालेले बुर्तिबाङमा गरेको सभामा संवोधन गर्दै आफूले उम्मेदवारी निस्क्रिय पारेर एमालेलाई समर्थन गरेको बताइन् ।
उनले बागलुङका प्रतिनिधि सभाका दुवै र प्रदेश सभाका चार वटै क्षेत्रमा आफूहरुको समर्थन एमालेलाई रहेको बताइन् ।

उनले उम्मेदवारी निस्क्रिय पारेपछि यो क्षेत्रमा अब ६ जना उम्मेदवार प्रतिस्पर्धमा छन् ।

यसअघि जनमोर्चाको बिद्रोही समूहका प्रतिनिधि तिलक पुन र एमालेका जिल्ला सचिव विष्णु भुषालले संयुक्त विज्ञप्ति निकालेर विगतको सहकार्यलाई कायम राख्दै बागलुङमा एमालेका उम्मेदवारहरुलाई सहयोग गर्ने बताएका थिए ।
प्रतिनिधि सभातर्फ बागलुङ १ का सत्ता गठबन्धनबाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नै उम्मेदवार छन् ।

क्षेत्र नम्बर २ मा भने जनमोर्चाले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई समर्थन गरेको छ । बागलुङका चार वटै प्रदेश सभा सिटमा सत्तागठबन्धनबाट कांग्रेसका उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?