+
+

एक सातामा निक्षेप २१ अर्बले बढ्दा सीडी रेसियो घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १८:१८

२१ कात्तिक, काठमाडौं । तिहार र छठ पर्वका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुनः प्रणालीमा आउन लागेको छ । पछिल्लो सात दिनमा वाणिज्य बैंकहरुको कुल निक्षेप २१ अर्ब रुपैयाँले वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

११ कात्तिकमा ४५ खर्ब २४ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप १८ कात्तिकमा बढेर ४५ खर्ब ४५ अर्ब पुगेको बैंकर्स संघले जनाएको छ । असोज मसान्तमा ४५ खर्ब ४७ अर्ब रहेको निक्षेप ११ कात्तिकमा ४५ खर्ब २४ अर्बमा झरेको थियो । तिहार तथा छठ बैंकबाट बढी नगद बाहिरिंदा घटेको निक्षेप चाडपर्व सकिएसँगै क्रमिक रुपमा बढ्दै गएको छ ।

निक्षेप बढेपनि कर्जा लगानी भने स्थिर छ । जसले गर्दा ११ कात्तिकमा साढे ८७ प्रतिशत नाघेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पुनः घटेको छ । असोज मसान्तमा ४२ खर्ब २० अर्ब रहेको वाणिज्य बैंकहरुको कर्जा ११ कात्तिकमा ४२ खर्ब २५ अर्ब थियो । १८ कात्तिकमा १ अर्बले घटेर ४२ खर्ब २४ अर्बमा झरेको बैंकर्स संघले जनाएको छ । जसले गर्दा ११ कात्तिकमा ८७.५८ प्रतिशत पुगेको वाणिज्य बैंकहरुको औसत सीडी रेसियो १८ कात्तिकमा ८७.२१ प्रतिशतमा झरेको बैंकर्स संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?