+
+

ए डिभिजन लिग खेल्ने हरेक क्लबले साढे ३२ लाख तयारी खर्च पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते २०:०७

२१ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुसमा सुरु हुने शहीद स्मारक ए डिभिजन लिग खेल्ने क्लबलाई दिने तयारी खर्च बढाएको छ ।

एन्फाले सोमबार ए डिभिजन लिगका क्लबसँगको छलफलका क्रममा तयारी खर्च १० लाख रुपैयाँ बढाउने बताएको हो ।

अब लिगका तयारीका लागि ए डिभिजन क्लबले ३२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने एन्फा प्रवक्ता सुरेश साहले बताए । गत वर्ष सहभागी हरेकले २२ लाख ५० हजार रुपैयाँ तयारी खर्च पाएका थिए । ए डिभिजन लिग पुस २६ गतेदेखि सुरु गर्ने र डबल लिगका आधारमा गर्ने एन्फाले यसअघि नै निर्णय गरिसकेको छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकमा एन्फा पदाधिकारी तथा क्लबका प्रतिनिधिहरुको उपस्थिति थियो । लिगको विजेताले ७५ लाख रुपैयाँ, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?