+
+

नेवार समुदायले मनाए सकिमा पुन्ही

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १४:४३

२३ कात्तिक, काठमाडौं। काठमाडौंका उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमा पुन्ही मनाएका छन् ।

कार्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति बनाइ प्रदर्शन गरी यो पर्व मनाएका हुन् ।

काठमाडौं उपत्यकाका विचिन्न नेवारी बस्तीमा पनि नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति मन्दिर परिसर र विभिन्न टोलमा हर्षोल्लासका साथ यो पर्व मनाएका छन् ।

नयाँ गेडागुडीबाट विभिन्न देवीदेवताको मन्दिर बनाइ मन्दिरअघि र आफ्नो घरअगाडि प्रदर्शन गर्ने प्रचलन रहेको स्थानीयहरु बताउँछन् । यस क्रममा मंगलवार साँझ गहुँ, कालो भटमास, मकै भुटेर बनाइने देवी देवताको मूर्तिको आकृति प्रदर्शन गरिएको थियो ।

गेडागुडीबाट देवीदेवताको आकृतिको कला दिइएको मूर्तिमा मास, पिँडालु, शखरखण्ड, कन्दमुल, फलफूल र विभिन्न प्रकारका रोटीले सजाइएको थियो । यस क्रममा मन्दिर अघि र टोलटोलमा भजनकीर्तन गाएर देवीदेवताप्रति भक्ति र श्रद्धाभाव दर्शाउने चलन रहेको छ ।

नेवार समुदायले भजनकीर्तन सकिएपछि फलफूल र रोटीका परिकारहरु एकै ठाउँमा जम्मा पारी प्रसादका रुपमा ग्रहण गर्ने परम्परा रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?