+
+

पुसपछि २२६ अर्ब आन्तरिक ऋण उठाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १६:५०

२३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले राष्ट्र ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल २५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा आन्तरिक ऋण नउठाएको सरकारले दोस्रो त्रैमासमा भने ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यस्तै तेस्रो त्रैमासमा ८८ अर्ब र चौथो त्रैमासमा १ खर्ब ३८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने गरी राष्ट्र बैंकले बोलकबोल तालिका सार्वजनिक गरेको छ ।

जसमध्ये १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋणी अल्पकालीन अवधिको ट्रेजरी बिल, १ खर्ब विकास ऋणपत्र, ५ अर्ब नागरिक बचतपत्र र १ अर्ब वैदेशीक रोजगार बचतपत्रमाफर्त आन्तरिक ऋण उठाउने भएको छ ।

दोस्रो त्रैमासमा उठाउन लागेको ३० अर्ब ऋणमध्ये १५ अर्ब ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत उठाउने केन्द्रीय बैंकले जनाएको छ । यस्तै १५ अर्ब विकास ऋणपत्र मार्फत उठाउने भएको छ । जमध्ये २ वर्ष अवधिको ८ अर्ब, ३ वर्ष अवधिको २ अर्ब र ४ वर्ष अवधिको ५ अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने तालिका केन्द्रीय बैंकले सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमासमा ६० अर्बको ट्रेजरी बिल, २५ अर्बको विकास ऋणपत्र, २ अर्ब ५० करोडको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र बोलकबोल हुने भएको छ ।

यस्तै चौथो त्रैमासमा ७५ अर्बको ट्रेजरी बिल ६० अर्बको विकास ऋणपत्र, २ अर्ब ५० करोडको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र बोलकबोल हुने भएको छ ।

ट्रेजरी बिलमध्ये २८ दिन अवधिको बोलकबोल मार्फत २० अर्ब, ९१ दिन अवधिको बोलकबोल मार्फत ४० अर्ब, १८२ दिन अवधिको बोलकबोल मार्फत ४० अर्ब र ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबाल मार्फत ५० अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक भएको छ ।

यस्तै विकास ऋणपत्रतर्फ २ वर्ष अवधिको ८ अर्ब, ३ वर्ष अवधिको २ अर्ब, ४ वर्ष अवधिको २५ अर्ब, ५ वर्ष अवधिको ३५ अर्ब र ६ वर्ष अवधिको ३० अर्ब रुपैयाँ आन्तरीक अण उठाउने तयारी केन्द्रीय बैंकको छ ।

एकैपटक ठूलो मात्रामा आन्तरिक ऋण उठाउँदा बैंकिङ प्रणालीमा तरलता समस्या हुनसक्ने र सरकारलाई ब्याज भुक्तानीमा पनि समस्या हुने भएकोले तालिका बनाएर राष्ट्र बैंकले आन्तरिक ऋण उठाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?