+
+

आफैंले ओस्कारमा पठाएको फिल्म ‘जोयल्याण्ड’लाई पाकिस्तानले लगायो मुलुकभित्रै प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १२:०४

काठमाडौं । पाकिस्तानको एउटा निर्णय जसले फिल्मप्रेमीलाई आश्चर्यमा पारेको छ । उसले फिल्म ‘जोयल्याण्ड’लाई औपचारिक रुपमा ओस्कार अवार्डमा मुलुकको प्रतिनिधित्व गर्दै सिफारिस गर्‍यो ।

यतिबेला भने सोही फिल्मलाई पाकिस्तानले मुलुकभित्रै प्रतिबन्ध लगाइदिएको छ । सुन्दा आश्चर्य हुनसक्छ, तर यथार्थ यही हो ।

पाकिस्तानी अधिकारीहरुले स्याम सदिक निर्देशित फिल्म ‘जोयल्याण्ड’मा प्रशस्तै आपत्तिजनक दृश्यहरु समावेश गरिएकाले प्रतिबन्ध लगाउनुपरेको बताएका छन् ।

रोचक कुरा यो छ कि केही महिना फिल्मलाई सार्वजनिक हलमा प्रदर्शन गर्न अनुमति दिंदै सेन्सर सर्टिफिकेट जारी भएको थियो । यो फिल्मलाई केही फेस्टिभलमा पनि प्रशंसा मिलेको छ ।

जोयल्याण्डलाई १७ अगस्टमा फिल्म हलमा रिलिज गर्न अनुमति दिइएको थियो । पछिल्ला दिनमा फिल्मको कन्टेन्टलाई लिएर केही विरोध पनि भएको थियो । विरोध प्रदर्शनलाई ध्यानमा राख्दै पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

११ नोभेम्बरमा सूचना जारी गर्दै मन्त्रालयले भनेको छ, ‘हामीलाई लिखित रुपमा प्राप्त निवेदनमा उल्लेख छ कि फिल्ममा धेरै आपत्तिजनक दृश्य समावेश छन् । यो कुरा हाम्रो समाजको नैतिक मूल्य र मान्यताअनुसार छैन ।

स्याम सादिक निर्देशित यो फिल्मलाई १८ नोभेम्बरमा रिलिज गर्ने तयारी थियो । फिल्मले एक पितृसत्तात्मक सोच राख्ने परिवारको कथा भन्छ, जसलाई वंश अघि बढाउन छोरा चाहिएको छ । यसबीच परिवारको कान्छो छोरो अर्थात् मुख्य अभिनेता लुकेर इरोटिक थिएटर ग्रुपमा जोडिन्छ । ऊ एक ट्रान्सजेन्डर महिलासँगको प्रेममा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?