+
+

द भ्वाइसको अन्तिम १६ मा परिजिताको दमदार प्रस्तुति, चारैजना कोचबाट ‘स्ट्यान्डिङ ओभेसन’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १२:०५

काठमाडौं । नेपाली मूलकी परिजिता बाँस्कोटाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणको अन्तिम १६ मा दमदार प्रस्तुति दिएकी छन् । चारैजना कोचले उनको गायकीको प्रशंसा गरेका छन् ।

लेडी गागाको चर्चित गीत ‘आई विल नेभर लभ अगेन’ गीत गाएर परिजिताले कोच र दर्शकलाई मन्त्रमुग्ध बनाइन् । आज (मंगलबार)देखि द भ्वाइसमा लाइभ शो सुरु भएको छ ।

लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । कोच जोन लिजेन्डको समूहबाट प्रतिस्पर्धा गरिरहेकी परिजितालाई अन्य तीन कोचले पनि प्रशंसा गरेका छन् । चारैजना कोचले परिजिताको प्रस्तुतिमा ‘स्ट्यान्डिङ ओभेसन’ (उभिएर गरिने सम्मान) दिएका थिए ।

कोचको प्रतिक्रिया हेर्दा १७ वर्षीया किशोरी परिजिताको पर्फमेन्स अन्य प्रतियोगीभन्दा बलियो देखिन्छ । अब उनी कति अघि बढ्नेछिन् भन्ने टुंगो चाहिं दर्शकको भोटमा निर्भर हुने देखिन्छ । नेपालबाट समेत दर्शकले परिजितालाई भोट गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?