+
+

१५ हजार नक्कली मतपत्र सहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १४:२९

३० कात्तिक, वीरगञ्ज । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारनका ४० वर्षका  ईजाजत अहमद छन् । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारतबाट मतपत्र नेपाल ल्याउँदै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका २ दशौतास्थित सडकखण्डमा बिओपी भिखमपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

मोटरसाइकल र मतपत्र नियन्त्रणमा लिइएका उनलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

‘मतपत्रमा नेपाली कांग्रेस बाहेकको चुनाव चिह्न अंकित छ । तर कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् ? यस बारे केही खुल्न सकेको छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?