+
+

यू-१९ राष्ट्रिय क्रिकेट मंसिर ७ देखि, पहिलाे खेलमा बागमती र गण्डकी भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १२:१३

१ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । क्यानले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिता मंसिर ७ देखि १९ गतेसम्म हुनेछ ।

सात प्रदेशको टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइनेछ । खेलहरु कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा मंसिर ७ गते बागमति र गण्डकी भिड्नेछन् । खेल टीयू मैदानमा हुनेछ ।

उद्घाटन र फाइनल बाहेक अन्य दिन त्रिवि र मूलपानी दुवै मैदानमा खेल खेलाइनेछ । लिग पछि शीर्ष दुई टिमबीच फाइनल खेल मंसिर १९ गते हुनेछ ।

लुम्बिनी प्रतियोगिताको साविक विजेता हो । देव खनाल, अर्जुन साउद, आदिल आलमलगायत खेलाडी यसै प्रतियोगिताबाट चर्चामा आएका थिए । तीनै जनाले राष्ट्रिय टिममा समेत डेब्यू गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?