+
+

कवि नवराज पराजुलीले आफ्नै आवाजमा ल्याए मर्मस्पर्शी गीत ‘जान्छु’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १३:४१

आफूलाई संगालुँ कि उसलाई अँगालुँ, कस्तो धर्मर हो यो ?

सक्दो गर्दा नि, सबथोक खोसिने, कस्तो धर्म हो यो ?

मन्दिर अन्तै छ मेरो, यहाँ त, मन थिर बनाउँछु जान्छु

यी शब्दमा कवि नवराज पराजुलीले ‘जान्छु’ बोलको गीत ल्याएका छन् । लिरिकल शैलीमा सार्वजनिक गीत मर्मस्पर्शी महसुस हुन्छ ।

युट्युबमा सार्वजनिक गीतमा शब्द, संगीत र स्वर पराजुलीको छ । रिदम कँडेलको संगीत संयोजन रहेको गीतको न्यारेसन काव्य शैलीमा प्रस्तुत गरिएको छ ।

गीतका पहिलो पंक्तिले भन्छ–

जागिर अन्तै छ मेरो, यहाँ त म छुट्टी मनाउँछु, जान्छु

शरीर अन्तै छ मेरो, यहाँ त म लुगा सिलाउँछु, जान्छु

शब्दलाई मनन गर्दै गीत सुन्नको मिठास यसमा अलग्गै छ । गायक समेत रहेका कवि पराजुलीले शब्दलाई भिडियोमा रुपान्तरण गर्दा न्याय गर्न नसकिने जस्तो लागेर लिरिकल शैलीमै रिलिज गरिएको बताउँछन् ।

भन्छन्, ‘शब्द पढ्दै गीत सुन्नुपर्छ भन्ने लाग्छ । लिरिक्समा जे भनिएको त्यसलाई भिडियोमा प्रस्तुत गर्न सकिन्छ जस्तो लागेन । शब्दलाई भिडियोमा रुपान्तरण गर्दा न्याय गर्न सकिंदैन जस्तो लाग्यो ।’

जीवन भोगाइ र अन्तर्मनको यात्रालाई गीतमा प्रस्तुत गरेको नवराज बताउँछन् । ‘यो मेरो आन्तरिक यात्रा हो । केही चिज पोख्नु थियो । ठ्याक्कै यही भन्ने त छैन तर आजसम्मको उमेरमा बाँच्दै जाँदा भेला भएका अनुभवलाई एक्सप्रेस गरेको हुँ,’ उनी भन्छन् ।

नवराज पराजुलीको यो गीतको गायक पुष्पन प्रधानले पनि प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, मैले मेरो जीवनमा सुनेको सबैभन्दा मीठो, सुरिलो, यथार्थ, संगीत संयोज पनि त्यस्तै बबाल, कति पवित्र स्वर, शब्द । शब्द त ईश्वरजस्तै सत्य लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?