
काठमाडौं । ललितपुरको भनिमण्डलमा रहेको डीएभी कलेज अफ म्यानेजमेन्टका बीबीए १४ औं र बीबीएस १५ औं ब्याचका विद्यार्थीहरु दीक्षित भएका छन् ।
दी सोल्टी होटलमा आयोजित कार्यक्रममा बीबीए १४औं र बीबीएस १५औं ब्याचका विद्यार्थीहरु दीक्षित भएको कलेजले जनाएको छ ।
दीक्षित विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अनिल केडिया, प्राडा डिल्लीराज शर्मा लगायतले सफलताको शुभकामना दिएका थिए ।
दीक्षान्त समारोहमा अधिकांश सहभागीहरुले अध्ययनको दौरानमा आर्जन गरेको स्प्रिटलाई कार्यक्षेत्रमा अवलम्बन गर्न प्रेरित समेत गरे ।
सहभागीहरुले डीएभी कलेज ज्ञान र संस्कारको संयोजनको आधारमा स्थापित रहेको र नवीनतम प्रविधिलाई समेत उत्कृष्ट ढङ्गबाट प्रयोग हुने गरेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4