+
+

यूएईका डेब्यूट्यान्ट आयान खान बने शृंखलाकै उत्कृष्ट खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १६:४४

२ मंसिर, काठमाडाैं । युएईका लाग पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेलेका आयान अफ्जल खान नेपालसँगको एकदिवशीय शृंखलाकै सर्बोत्कृष्ट खेलाडी बनेका छन् ।

युएई र नेपालबीचको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला नेपालले २–० ले आफ्नो पक्षमा पारेको छ । तर, बलिङ र ब्याटिङमा उत्कृष्ट छाप छाडेका आयानलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिइएको हो । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए ।

शृंखलाअन्तर्गत पहिलो खेलमा आयानले ४ विकेट लिएपछि नेपाल ८४ रनले पराजित भएको थियो । डेब्यू खेलमै उनले १० ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए । शृंखलाको तीन खेलमा ३० ओभर बलिङ गरेका आयानले कुल १० मेडन राख्दै ७४ रन खर्चिए ।

शुक्रबारै भएको तेस्रो तथा निर्णायक खेलमा आयानले आठौं नम्बरमा ब्याटिङ गरी ५४ रनको अविजित अर्धशतकीय पारी खेले । उनले शृंखलाको तीन खेलमा क्रमसः २६। २ र ५४ गरी कुल ८२ रन बनाए ।

हालै अस्ट्रेलियामा सम्पन्न आईसीसी टी–२० विश्वकपकै कान्छा खेलाडी बनेका १७ वर्षीय आयानले नेपालमा आएर खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?