+
+

काठमाडौं क्षेत्र नं. ७ को मतगणना जारी, १ को पनि सुरु गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ६:५५
फाइल तस्वीर

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना सुरु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँबजारस्थित जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् । सर्वदलीय सहमतिका आधारमा मतगणना थालिएको उनले बताइन् ।

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ ।

काठमाडौं क्षेत्र नं. ७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् ।

यसैगरी काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केहीबेरमा सुरु गर्ने तयारी छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

काठमाडौं-१ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम लगायत प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?