५ मंसिर, झापा। झापा-१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले करिब १५ सय मतले अग्रता लिएका छन् ।
सात हजार ६९७ मत गणना हुँदा शर्माले ३ हजार ९०० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २ हजार ३९० मत पाएका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७३५ मत पाएका छन् ।
यो क्षेत्रबाट २०७४ सालमा विश्वप्रकाशलाई हराउँदै नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4