+
+

कमल थापासँग फराकिलो अग्रता बनाउँदै डिना

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १५:३०

६ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले प्रतिस्पर्धी कमल थापासँग अग्रता फराकिलो बनाएकी छिन् । सत्ता गठबन्धनकी उम्मेदवार उपाध्यायले ७ हजार ५८० मत प्राप्त गरेकी छिन् ।

उनका प्रतिस्पर्धी राप्रपा नेपालका कमल थापा २ हजार ४७२ मतान्तरले पछाडि परेका छन् । थापाले ५ हजार १०८ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंह २ हजार ३७७ मतसहित तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?