+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चुनाव हारे पनि काठमाडौं-१ का नागरिकको सेवामा लागिरहन्छु : पुकार बम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १७:१३

६ मंसिर, काठमाडौं । काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका पुकार बमले निर्वाचनमा पराजित भए पनि आफूले यही क्षेत्रको समाज परिवर्तन र नागरिकको सेवामा अविच्छिन्न लागिरहने बताएका छन् । मत परिणाम सार्वजनिक भइसकेपछि मंगलबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै उनले अर्को पटक सबैको विश्वास जित्ने गरी काम गर्ने बताएका छन् ।

यो निर्वाचनले नयाँ युवालाई जिताएर नयाँ विचारलाई संस्थागत गरेर परिवर्तनको घण्टी बजाउने माहोल बनेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले चुनाव हारे पनि क्षेत्र नम्बर १ मै रहेर वैकल्पिक राजनीतिको विरासत जोगाउने बताएका छन् । उनले भनेका छन्, ‘म हारे पनि नयाँ विचारका युवाहरुले वैकल्पिक राजनीति जिताइरहेका छन् ।’

पुकार बमको फेसबुक स्टाटस 

सम्पूर्ण मतलगानीकर्ताहरुलाई धन्यवाद, प्रकाशमानजीलाई बधाई !

* ‘क्षेत्र नम्बर १ मै हुनेछु, राजनीतिमै हुनेछु’ ‘वैकल्पिक राजनीतिको बिरासत जोगाउनेछु’

* ‘म हारे पनि नयाँ विचारका युवाहरुले वैकल्पिक राजनीति जिताइरहेका छन्’

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ को अन्तिम मत परिणाममा नेपाली कांग्रेसमा उम्मेदवार प्रकाशमान सिंह विजयी हुनुभएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु। हामीलाई यो निर्वाचनमा ४,११५ विश्वासको मत दिएर नयाँ र सुसंस्कृत राजनीतिको लागि योगदान पुर्‍याउने सबै मतदाताहरुलाई धन्यवाद दिन चाहन्छु। म यही क्षेत्र नं १ को स्थानीय हुँ र म विगत १५ वर्षदेखिको नयाँ राजनीतिमार्फत समाज परिवर्तन र नागरिकको सेवाको बाटोमा अविच्छिन्न लागिरहने दृढता व्यक्त गर्न चाहन्छु। यस निर्वाचनले नयाँ युवाहरुलाई जिताएर, नयाँ विचारलाई सँस्थागत गरेर परिवर्तनको घन्टी बजाउने माहोल बनेकोमा खुसी छु।

हाम्रो बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीमा स्वच्छ निर्वाचन भएर सौहार्दपूर्ण प्रतिस्पर्धाबाट जो उम्मेदवार विजय भए पनि त्यो लोकतान्त्रिक प्रणालीकै विजय हो। संस्कृतिमा बहुलवादी र विचारमा विविधताले भरिएको हाम्रो समाज लोकतन्त्र, राष्ट्रियता, संविधानवाद र मानवतावादमा एकीकृत छ। यो निर्वाचनमा हामीले ६ महिनासम्म मतलगानीकर्ताहरुको घरमा पुग्यौं, आफ्ना कुराहरु राख्यौं र विश्वास पनि पायौं। निर्वाचनका केही राजनीतिक र रणनीतिक त्रुटीहरुको समीक्षा गर्नेछौं।

मैले उम्मेदवारी घोषणा गर्दा मसमेत संलग्न भई १० वर्ष पहिले सुरु गरेको नयाँ, विवेकशील, वैकल्पिक राजनीति अभूतपूर्व वैचारिक संकटमा थियो। एउटा युगान्तकारी सपना र क्षमता बोकेको दलको संस्थापकमध्ये एक जना म पार्टीबाट निष्काशित अवस्थामा थिए। तर यो नयाँ राजनीति स्थापना गर्ने सपना जोगाउन निर्वाचन नै उत्तम विकल्प ठानेर होमिएको बेला राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना हुनु, यो दलका शुभेच्छुकहरुले मलाई प्राइमरी (प्रारम्भिक) निर्वाचनबाट चुनेर समर्थन गर्नु र अत्यधिक कम खर्चमा, सदाचारी निर्वाचन अभियानको रुपमा स्थापित भएर यत्रो विश्वास पाउनु मतदाताको उन्नत चेतना र स्वविवेकको प्रयोगको रुपमा लिएको छु ।

अन्त्यमा, गत जेठ २० गते उम्मेदवारी घोषणा भएयता चुनावी अभियानमा नेतृत्व गर्ने अभियन्ता साथीहरुप्रति मनबाट कृतज्ञता व्यक्त गर्न चाहन्छु। सहयोग गर्ने शुभेच्छुक तथा सञ्चारकर्मी साथीहरुलाई पनि धन्यवाद छ। पुनश्चः सबै मतलगानीकर्ताहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। जति जनाको विश्वास यसपटक जित्न सकिएन अर्को पटक सबैको विश्वास जित्ने गरी काम गरिरहनेछु। विजयी उम्मेदवारलाई आगामी पाँच वर्ष यस क्षेत्रका मतदाताको तर्फबाट खबरदारी र सचेतना गराउने भूमिका इमान्दारीका साथ निभाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

तपाईंहरुको साथी

पुकार बम

प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडौं क्षेत्र नम्बर १

थापाथली, काठमाडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?