+
+

पर्सा-४ को १ मा कांग्रेसका शंकर चौधरी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते २०:४१

६ मंसिर, वीरगञ्ज ।  पर्सा क्षेत्र ४  नेपाली काग्रेस नेता शंकरप्रसाद चौधरी मधेस प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका छन् ।

नेकपा एमालेका नेता जय प्रकाश थारुलाई दोस्रो पटक पराजित गरेर उनले मधेस प्रदेश सभामा आफ्नो उपस्थिति सुनिश्चित गरेका हुन् ।

जय प्रकाश, एमालेका पर्सा जिल्ला अध्यक्ष समेत हुन् । शंकर १२ हजार १५४ मत ल्याएर निर्वाचित हुँदा जय प्रकाश ले १० हजार ४३८ मत पाएका छन् ।
पर्सा क्षेत्र नं ४ प्रदेश सभा सदस्य १ मा नेपाली काँग्रेसका शंकर चौधरी पूनः निर्वाचित भएका छन् ।

काँग्रेसका शंकरले नेकपा एमालेका अध्यक्ष समेत रहेका जय प्रकाश थारुलाई १ हजार ७१६ मतले पराजित गरेका हुन् । शंकरले पाउँदा जय प्रकाशले १० हजार ४३८ मत पाएका छन् ।

०७४ सालको निर्वाचनमा पनि शंकरले जय प्रकाशलाई ४४८ मतान्तरले पराजित गरेका थिए । ७ हजार ४८८ मत ल्याएर शंकर निर्वाचित हुँदा जयप्रकाशले ७०४० मत पाएका थिए । शंकरले यसपटक जय प्रकाशसँगको मतान्तर बढाएका छन् । यसपटक यी दुईबीचको मतान्तर १७१६ छ ।

को हुन शंकर ? के भन्छन उनी ?

पर्साको जिराभवानी गाउँपालिका-२ सेढवाका शंकरको जन्म वि.स. २०३५ साल कात्तिक ७ गते भएको थियो । बुवा सत्यनारायण महतो थारु र आमा लोहरीदेवी थरुनीको उनी माईलो छोरा हुन् ।

वीरगञ्ज स्थित श्रीपुर विद्यापिठबाट एसएलसी दिएपछि शंकर २०३५ सालमा ठाकुरराम बहुमुखी क्याम्पसमा उच्च शिक्षाका लागि गएका थिए । त्यही उनले नेपाल विद्यार्थी संघको निकटमा रहेर राजनीतिक यात्राको थालनी गरे ।

अर्थशास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका शंकर ०४६ सालको आन्दोलन, ०६२÷६३ को जन आन्दोलनमा पनि सक्रिय रहे । काँग्रेसमा आवद्ध भई राजनीतिमा सक्रिय रहेपनि उनले जनताको माझमा आफूलाई उभ्याउने मौका भने पाएका थिएनन् ।

पहिलोपटक ०७४ सालमा काँग्रेसले उनलाई प्रदेश सभा सदस्यको टिकट दियो । उनी निर्वाचित भए । दोस्रो पटक पाएको मौकामा पनि उनले चौका हानेका छन् । जनताको चाहनाले नै आफू प्रदेश सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएको शंकरले बताएका छन् ।

मैले भन्दा कार्यकर्ता र जनताले संघर्ष गरे, उनीहरुकै मेहनतले म दोस्रो कार्यकालका लागि विजयी भएँ ।’ उनले भने ‘ जति काम गरे, त्यो भन्दा राम्रो गर भनेर जनताले पूनः मौका दिएका छन् । जनताको सेवा बाहेक अरु काम पनि मेरो छैन ।

निर्वाचित भईसकेपछि अनलाईखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै शंकरले जनभावना अनुसार अघि बढ्दै अधुरा काम पुरा गर्ने बताए ।

‘ कृषि प्रधान देशको कृषि प्रधान प्रदेशमा हामी छौं, कृषिका मुद्धालाई प्रदेश सभामा निरन्तर उठाउँछु ।’ उनले भने ‘ सँगसँगै शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारका क्षेत्रमा बाँकी काम पनि पुरा गर्छु ।’ युवा स्वरोजगारको पाटोमा पनि काम गर्ने सोच आफूले बनाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?